१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

सन्दीपले देखाए सन्यासको संकेत, लेखे भावुक स्टाटस

क्रिकेटर सन्दीप लामिछानेले सन्यास लिने संकेत गरेका छन्। नेपाली क्रिकेट टिमका लेग स्पिनर समेत रहेका लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका छन्। 

शनिबार राति सबैलाई धन्यवाद दिँदै उनले लेखेको पोस्टमार्फत ‘यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ।’ भनेर लेखेका छन्। 

यसअघि एक किशोरीसँग नाम जोडिएपछि सन्दीप केही समय खेल क्षेत्रबाट टाढा रहनुपरेको थियो। तर पछि पाटन उच्च अदालतले सफाइ दिएसँगै उनी पुनः नेपाली क्रिकेटमा फर्केका हुन्।

 

यो पनि पढ्नुहोस्

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ

 

प्रकाशित: ६ माघ २०८१ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App