६ माघ २०८१ आइतबार
image/svg+xml
खेल

खो खो इतिहासमा ऐतिहासिक क्षण: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले खो खो विश्वकपको फाइनलमा पुगेका नेपाली महिला र पुरुष दुवै टोलीलाई बधाई दिँदै यो क्षणलाई नेपाली खेल इतिहासको गौरवमय अध्यायको रूपमा वर्णन गरेका छन्।

उनले आफ्नो फेसबुक स्ट्याटसमार्फत भनेका छन्, ‘नेपाली महिला टोलीले युगान्डा र पुरुष टोलीले इरानलाई सेमिफाइनलमा पराजित गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेका छन्। नेपालको खो खाे इतिहासमा यो ऐतिहासिक क्षण हो। अब फाइनल खेलको जीतका लागि हाम्रा खेलाडीलाई शुभकामना!’

भारतमा जारी खो खो विश्वकप अन्तर्गत शनिबार सम्पन्न खेलमा पुरुष टोलीले इरानलाई ७२–२० को फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

यसअघि महिलातर्फको सेमिफाइनल खेलमा नेपाली महिला टोलीले युगान्डालाई ८९–१८ को नतिजासहित फाइनलमा प्रवेश गरेको थियो।

अब दुवै टोलीले आइतबार फाइनल खेल्नेछन्।

प्रकाशित: ५ माघ २०८१ २०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App