५ माघ २०८१ शनिबार
image/svg+xml
खेल

यू-१९ महिला विश्‍वकप : नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य

आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले बङ्गलादेशलाई ५२ रनको लक्ष्य दिएको छ। मलेसियामा आजदेखि सुरु भएको खेलमा नेपाला अलआउट हुँदै ५२ रनमा सीमित भएको हो।

बङ्गदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएकी थिइन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको हो। नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन्।

बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिइन् भने फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १-१ विकेट लिए।

नेपाली युवा टोलीमा कप्तान पूजा महतासँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन्।

प्रकाशित: ५ माघ २०८१ १४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App