२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

जय ट्रफी फाइनल: दोस्रो दिन आर्मीको सशक्त प्रदर्शन

वीरगन्जमा जारी जय ट्रफी मेन्स एलाइट कपको फाइनल खेलमा बुधवार दोस्रो दिनको खेल भइरहेको छ । दोस्रो दिनको पहिलो सत्रको खेल सकिँदा त्रिभुवन आर्मी क्लब निकै सशक्त अवस्थामा देखिएको छ । 

पहिलो दिनको खेल सकिदा नेपाल पुलिस क्लब सन्तुलित अवस्थामा थियो । खराब मौसमका कारण पहिलो दिन १७ ओभरको खेल मात्रै हुँदा कुशल भुर्तेलको अर्धशतकको मद्दतले पुलिस क्लब २ विकेटको क्षतिमा ८५ रनको अवस्थामा थियो। 

तर, दोस्रो दिनको खेलमा बिहानै देखि आर्मीका बलर साहब आलम एकाएक हाबी बने। उनले लगालग ७ विकेट निकाल्दा पुलिसले ४८ रन जोड्दा ९ विकेट गुमायो । बसिर अहमद र सोमपाल कामीले एक एक विकेट लिएका थिए । 

त्यसपछि भने पुलिसले १३३ रन जोड्दा पारीको घोषणा गरेर आर्मीलाई मैदानमा उता¥यो । 

यता आर्मीका तर्फबाट ब्याटिङमा राम्रो सुरुवात हुन सकेन । १२ रनको स्कोरमा लगातार दुई विकेट गुम्न पुगे । जसमा त्रितराज दास र सन्तोष कार्कीको विकेट गुमेको थियो । त्यसपछि ३९ रनको स्कोरमा इमरान शेखको विकेट पनि आर्मीले गुमायो । 

त्यसपछि भने भीम सार्की र बसिर अहमदले आर्मीको पारी सम्हालेका छन् । अहिले भीमले अर्धशतकीय इनिङ जोड्दै ५१ रनको व्यक्तिगत स्कोर जोड्दा बसिर १७ रनमा खेलिरहेका छन् । आर्मी तीन विकेटको क्षतिमा ८७ रनको स्थितिमा छ । 

अहिले लन्च ब्रेक चलिरहेको छ । फाइनल खेल तीन दिवसीय हुने भएकाले बिहीबारसम्म यो खेल चल्ने छ । 

प्रकाशित: २ माघ २०८१ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App