२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

कार्य सम्पादनको प्रारम्भिक नतिजामा ताप्लेजुङभर सिरिजङ्गा पहिलो

स्थानीय तहका लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकका आधारमा मूल्याङ्कन गरी प्रदान गरेको अंकको प्रारम्भिक नतिजामा ताप्लेजुङ भरिमा सिरिजङ्गा गाउँपालिका अग्रस्थानमा देखिएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सिरिजङ्गाको अंक ६८.१२ रहेको छ। दोस्रोमा रहेको पाथीभरा याङवरकको अंक ६५.७२ देखिएको छ। मैवाखोलाको ५८.६८ अंक हुँदा मिक्वाखोलाको ५८.५८ अंक रहेको छ। सिदिङ्वाको ५७.८९ अंक,मेरिङदेनको ५७.०१ अंक,फक्ताङलुङको ५६.७५ अंक रहेको छ। फुङलिङको ५०.६५ हुँदा आठराई त्रिबेणीको ४१.३१ अंक रहेको छ।

आयोगले प्रकाशित गरेको प्रारम्भिक नतिजामा चित्त नबुझेमा ७ दिन भित्र पुनरावलोकनका लागि निवेदन दिन सकिने प्रावधान रहेको छ। प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार आयोगले विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गर्ने गरेको छ। जसअनुसार बजेट पेश र पारितको समयावधि, आयव्ययको प्रक्षेपण गरी अर्थ मन्त्रालयमा पेश गरेको समयावधि,विनियोजित रकम खर्चको समयावधि र अवस्था, सुत्रको प्रयोग, आवधिक योजना तर्जुमाको अवस्था विश्लेषण गर्ने गरेको छ।

शिक्षातर्फ विद्यार्थी भर्नादर, टिकाउको अवस्था, प्राप्त जीपीए, स्वास्थ्यमा गर्भवती महिला तथा बालबालिकालाई खोपको अवस्था लगायतका मापदण्डलाई विश्लेषण गर्ने गरिएको छ। 

प्रकाशित: २९ माघ २०८२ १५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App