जय ट्रफी मेन्स एलाइट कपको फाइनल खेल मङ्गलवारबाट सुरु भएको छ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच वीरगन्जमा जारी फाइनल खेलमा आर्मीले टस जितेर पहिले फिल्डसङ रोजेपछि पुलिस क्लब अहिले ब्याटिङ गरिरहेको छ ।
हालसम्म १७ ओभरको खेल सकिएको छ । जसमा पुलिस क्लबले दुई विकेट गुमाएर ८५ रन जोडेको छ । पुलिसका तर्फबाट अनुभवी ओपनर कुशल भुर्तेल लयमा देखिएका छन् । उनले ५१ बलको सामना गरी व्यक्तिगत ५० रन जाेड्दै अर्धशतकीय पारी खेलिसकेका छन् ।
मधेस प्रदेशविरुद्धको खेलमा पनि कुशल ब्याटिङ र बलिङ दुवैमा चम्केका थिए ।
फाइनल खेलमा पुलिसले दिलीप नाथ(०) र अमित श्रेष्ठ(२०) को विकेट गुमाएको छ । कुशललाई अहिले अर्जुन साउदले सघाइरहेका छन् ।
आर्मी क्लबका तर्फबाट सोमपाल कामी र साहब आलमले एक एक विकेट लिएका छन् ।
प्रकाशित: १ माघ २०८१ १६:०९ मंगलबार