‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनल पुग्ने चारै टिमको टुंगो लागेको छ । अद्यपि समूह चरणमा अझै दुई खेल बाँकी छन् ।
आइतबारको खेलमा विजयी हुँदै भारतको गुजरात भलिबल एसोसिएसनले सेमिफाइनल यात्रा तय गरेपछि समीकरण पूरा भएको हो । समूह 'बी'बाट गुजरातसँगै त्रिभुवन आर्मी क्लब तथा समूह 'ए'बाट नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब अन्तिम चारमा पुगेका हुन् ।
गुजरातले गल्कोट भलिबल क्लबलाई २५-१८, २५-१९ र २५-१६ को सोझो सेटमा पराजित गर्यो । विजयी भयो ।
आइतबार नै भएको अर्को खेलमा मणिमुकुन्दले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २५–२०, १८–२५, २५–१२, २१–२५ र १५–१२ को सेटमा पाखा लगाएको हो । यो जितसँगै मणिमुकुन्द पनि सेमिफाइनलमा पुगेको हो ।
सोमबार समूह एमा पुलिस र रुकुम पश्चिम तथा समूह ‘बी’मा आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ। यद्यपि यी खेलले सेमिफाइनल समीकरणमा भने कुनै असर गर्ने छैन ।
प्रकाशित: २१ पुस २०८१ १८:३९ आइतबार