११ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको महत्वपूर्ण परिवर्तन

अस्ट्रेलियाको मेलबर्नमा भोलि (बिहीबार) हुने बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट खेलमा महत्वपूर्ण परिवर्तन गरिएको छ।

अस्ट्रेलियाले आफ्नो खेलमा महत्वपूर्ण परिवर्तन गर्दै साम कोन्स्टासलाई डेब्यु गराउने भएको छ। त्यस्तै, स्कट बोल्याण्डले घाइते जोस हेजलवुडको ठाउँ लिनेछन्। 

गाबा टेस्टमा घाइते भएका ट्राभिस हेड पनि पुनः फिट भएका छन्, जसले उनलाई कमब्याकको अवसर दिएको छ। सिरिज १–१ को बराबरीमा छ। 

पहिलो खेल भारतले जितेको थियो. दोस्रो खेल जित्दै अस्ट्रेलियाले शृङ्खला बराबरी गरेको हो। तेस्रो खेल भने बराबरीमा सकिएको छ। यी नतिजाहरूले चौथो खेललाई निकै रोचक बनाएको छ।

प्रकाशित: १० पुस २०८१ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App