१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml ९:२६ पूर्वाह्न
खेल

महिला यू-१९ एसिया कप : नेपाल सुपर फोरमै रोकियो, बंगलादेश ९ विकेटले विजयी

नेपाल एसीसी महिला यू-१९ एसिया कपको सुपर फोरमै रोकिएको छ ।  

सुपर फोरको आफ्नो अन्तिम खेलमा शुक्रबार बंगलादेसँग ९ विकेटले पराजित भएसँगै नेपाल अन्तिम चारबाटै बाहिरिएको हो ।  

लिग चरणमा पाकिस्तानलाई पराजित गर्दै र भारतसँग अंक बाँड्दै सुपर फोरमा पुगेको नेपालले सुपर फोरको पहिलो खेलमा बिहीबार वर्षा बाधक भएपछि श्रीलंकासँग पनि अंक बाँडेको थियो । मात्र दुई अंक भएपछि नेपाल अघिल्लो चरणमा प्रवेश गर्नबाट बञ्चित भएको हो ।  

मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा नेपालले दिएको ५५ रनको सामान्य लक्ष्य बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो । उसको जितमा फाहोमिदा छोयाले नटआउट २६ र मोहम्मद इभाले १८ रन बनाइन् । इभा र छोयाले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए । सुमैया सुबोर्ना १० रनमा अविजित रहिन् । 

कुशुम गोदारले एक विकेट लिएपनि हार भने टार्न सकिनन् ।  

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रनमात्र बनाएको थियो । खेल वर्षाले प्रभावित भएपछि ११ ओभरमा छोट्याइएको हो ।

सावित्री धामीले ११ रन बनाइन् । अन्य कुनै ब्याटरले नेपालका लागि दोहोरो अंकको स्कोर छुन सकेनन् । क्याप्टेन पूजा महतोपनि बंगलादेशविरुद्धको खेलमा ९ रनमा क्याच आउट हुन पुगिन् ।  

नेपाललाई कम योगफलमा समेट्ने क्रममा फरजाना इस्मिन, अनिसा सोबा, फाहोमिदा छोया र हाबिबा इस्लामले समान एक विकेट लिए ।  

महिला यू-१९ एसिया कपको उपाधिका लागि भने भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित: ५ पुस २०८१ १५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App