नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन टिमले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति जारी गर्दै प्लेअफ चरणमा पुगेका टिमहरूलाई प्रदान गरिने पुरस्कार राशिबारे जानकारी दिएको हो।
क्यानका अनुसार उपविजेता टिमले ५१ लाख रुपैयाँ, तेस्रो स्थान प्राप्त गर्ने टिमले २५ लाख रुपैयाँ, र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ हात पार्नेछन्।
एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन्। एलिमिनेटरमा बुधबार चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुँदा पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन्।
दोस्रो क्वालिफायर बिहीबार हुनेछ । फाइनल खेल भने शनिबार हुनेछ।
प्रकाशित: २ पुस २०८१ १५:४२ मंगलबार