२९ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

एनपीएल: जनपुरविरुद्ध टस जितेर चितवन ब्याटिङ क्रिजमा

जित्नै पर्ने दबाबमा चितवन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। चितवनका कप्तान कुशल मल्लले  टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा प्लेअफ सम्भावना जिवितै राख्न चितवनलाई जित्नै पर्ने दबाबा छ। प्लेअफमा स्थान बनाइसकेको जनकपुर पनि जित हासिल गर्दै शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्ने लक्ष्यसहित मैदान ओर्लिएको छ।  

कुशल मल्लको कप्तानीमा चितवनको टोलीमा रिजन ढकाल, नरबहादुर सार्की, अमरसिंह राउटेला, विपिन रावल , रञ्जित कुमार, रवि बोपारा, हसन इशाखिल, सोहेल तन्वीर, बसिल हामिद, सन्तोष कार्की मैदानमा छन्।

त्यस्तै अनिलकुमार साहकोकप्तानीमा जनकपुरको टोलीमा ललितनारायण राजवंशी, किशोर महतो, आसिफ शेख , अरनिको यादव, लाहिरु मिलन्था, शुभ कंशाकार, शेर मल्ल, जिमी निसम, मोहम्मद मोहसिन, हर्ष थाकर समावेश छन्।

जनकपुरले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गराइसकेको छ भने चितवन प्लेअफमा पुग्न संघर्ष गरिरहेको छ । ६ खेल खेलको जनकपुरले एक र चितवनले ३ खेलमा हार बेहोरेको छ ।

जनकपुरले आजको खेल जितेमा  जनकपुरको शीर्ष दुईमा स्थान पक्का हुनेछ । उसले  पहिलो क्वालिफायर खेल्नेछ।

आजको खेल चितवनले जितेमा उसको प्लेअफ जित्ने सम्भावना बलियो हुनेछ। चितवनको जितले दुई टोली लिग चरणबाट बाहिरिनेछन्। छैटौं स्थानको विराटनगर किंग्स र सातौं स्थानको पोखरा एभेन्जर्स लिग चरणको अन्तिम खेलअघि नै  बाहिरिनेछन्। 

चितवन पराजित भएमा  विराटनगर र पोखराको अन्तिम खेलसम्म समिकरणका लागि कुर्नु पर्नेछ।  

प्रकाशित: २९ मंसिर २०८१ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App