१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

लालीगुराँस र हिमरश्मिलाई उपाधि

लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मिले आइतबार तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत बास्केटबलको उपाधि जितेका छन्।

मनमैजुस्थित घरेलु कोर्टमा भएको रनिङ शिल्डमा लालीगुराँस जुनियर छात्र तथा हिमरश्मि सिनियर छात्रामा च्याम्पियन भएका हुन्। जुनियर छात्र फाइनलमा लालीगुराँसले एन्जल्स हार्टलाई २३–१८ ले पराजित गर्‍यो। लालीगुराँसका सरगम गुरुङले ९ अंक जोडे। हिमरश्मि र जीवन ज्योति तेस्रो भए।

तारकेश्वर नगरपालिका, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर छात्राको उपाधि भिडन्तमा हिमरश्मिले ल्यान्डमार्क एकेडेमीलाई २५–१६ ले हरायो। हिमरश्मिकी निमा तामाङले ७ स्कोर गरिन्। लालीगुराँस र मानसिंह धर्मले तेस्रो स्थानमा चित्त बुझाए।

विजेतालाई ताकरेश्वर नगरपालिका–१० का अध्यक्ष कुमार राई, मेयर रनिङ सिल्ड खेलकुदका संयोजक राजेन्द्रप्रसाद तिमिल्सिना, नगर शिक्षा अधिकारी पदमबहादुर खत्री, लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकी लगायतले पुरस्कृत गरे। पाँचदिने नकआउट प्रतियोगिताको जुनियर छात्रमा १८ तथा सिनियर छात्रामा १४ टोलीले प्रतिस्पर्धा गरेको लालीगुराँसका बास्केटबल प्रशिक्षक नारायण खवासले जानकारी दिए।

करातेमा लालीगुराँसलाई उपाधि

लालीगुराँले तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत करातेको उपाधि जितेको छ। १५ विद्यालयको सहभागिता रहेको करातेमा सर्वाधिक ६ स्वर्ण, १ रजत र २ कांस्य जित्दै लालीगुराँस समग्रमा च्याम्पियन भयो।

मानसिंह ४ स्वर्ण, तीन रजत र एक कांस्यसाथ दोस्रो भयो। तेस्रो स्थानको सिद्धार्थ मोडेल एकेडेमीले १ स्वर्ण र १ रजत हात पार्‍यो। १२ स्पर्धा समावेश करातेमा प्रारम्भ वल्र्ड स्कुलले १ स्वर्ण र १ कांस्य हासिल गर्‍यो। विजेतालाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले पुरस्कृत गरे।

प्रकाशित: २४ मंसिर २०८१ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App