६ पुस २०८१ शनिबार
image/svg+xml
खेल

खेल हारेपछि गुर्खाजका प्रशिक्षक शाही भन्छन्: पिच बुझ्न गल्ती भयो

काठमाडौं गुर्खाजको प्रशिक्षक वसन्त शाहीले सुदूरपश्चिमको लक्ष्य चेज गर्ने अनुमान गरिए पनि पिचलाई बुझ्न गल्ती भएको बताएका छन्।

सुदूरपश्चिमसँग फराकिलो हारपछि काठमाडौंका प्रशिक्षक शाहीले अघिल्लो दिन दोस्रो इनिङ पिचमा राम्रोसँग बाउन्स भएकाले आज पनि राम्रो हुने अनुमान गरेको बताए। तर पिच आफूले अनुमान गरेजस्तो नभएको उनले उल्लेख गरे।

प्रशिक्षक शाहीले बलिङमा आफूले कमब्याक गर्दा आफ्नो ब्याटिङमा पनि सहज नहुने होकी भन्ने लागेको बताए। जितनजिक पुगेर हार्नुभन्दा राम्रो ब्याटिङ गर्दै जाने लक्ष्य भएकाले १२ रनमा नै ६ विकेट पतन भएको उनको भनाइ छ। उनले दुई खेल हारेकाले आगामी खेलमा केही चुनौति हुने उल्लेख गरे। तथापि, बाँकी खेलमा सुधार गर्दै जित निकाल्ने लक्ष्य रहेको प्रशिक्षक शाहीको भनाइ छ।

सुदूरपश्चिम रोयल्सका लागि पाँच विकेट लिएका नरेन साउदले प्रशिक्षक जगत टमटा र कप्तान दीपेन्द्रसिंह ऐरीले लाइन एण्ड लेन्थमा बलिङ फाले खेल जिताउँछौ भनेर प्रेरणा दिएको उल्लेख गरे। प्रशिक्षक र कप्तानको भरोसाअनुरूप विकेट पनि प्राप्त भएको र त्यसका लागि उनले धन्यवाद पनि दिए। उनले यु–१९ एशिया कपबाट फर्किएको दिन नै पहिलो खेलमा जिताएर म्यान अफ दी म्याच पाउनेछु भन्ने विश्वास रहेको बताए। नरेनले यु–१९ एशिया कपबाट खेलेर आउँदा एनपिएलमा मद्दत पनि मिलेको उल्लेख गरे। इरासमसको छक्कापछि उनको नै विकेट लिँदा धेरै नै खुसी मिलेको उनको अनुभुति छ। 

प्रकाशित: २० मंसिर २०८१ १७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App