२० माघ २०८२ मंगलबार
image/svg+xml
खेल

लज्जास्पद हारपछि पोखराका प्रशिक्षक भन्छन्: चिन्तित छैनाैं, बलियो भएर आउँछाैं

लज्जास्पद हारपछि पोखरा एभेन्जर्सका प्रशिक्षक राजीव कुमारले ट्वान्टी–२० क्रिकेटमा कहिले कहीँ खराब नतिजा आउने भएकाले हारबाट आफू धेरै चिन्तित नरहेको बताएका छन्।

चितवन राइनोजसँग मंगलबार फराकिलो हार सामना गरेपछि प्रशिक्षक राजीवले आफ्नो टोलीमा धेरै क्षमतावान खेलाडी रहेकाले बलियो भएर आउनेमा आफू विश्वस्त रहेको बताए।

१५०/१६० को लक्ष्य भेट्टाउन सहज हुने भएपनि आज खेल आफ्नो पक्षमा आउन नसकेको उनको भनाइ थियो। साथै उनले ६/७ को अवस्थामा पुग्नु पनि सहज नतिजा नभएको र अन्तर्राष्ट्रिय क्रिकेटमा पनि कहिले कहीँ यो अवस्थाको सामना गर्नुपर्ने जिकिर गरे।

आज पहिलो खेल भएकाले योजनाअनुरूप हुन नसकेको उल्लेख गर्दै उनले आगामी खेलमा सुधार गर्ने बताए । प्रशिक्षक राजीवले केही गल्ती भएको र चितवनले पनि राम्रो बलिङ गरेको सुनाए।  

यता एकै ओभरमा तीन विकेट लिएका चितवनका बलर रिजन ढकालले मेहनत गरेअनुरूप नतिजा प्राप्त भएको र यो सफलतामा बोल्ने आफूसँग शब्द नै नभएको बताए।

पोखराको अन्तिमसम्म नारायण जोशी र विपिन खत्रीले राम्रो ब्याटिङ गरिरहेको र अन्तिम बलसम्म राम्रो बलिङ गर्ने टोलीको लक्ष्य रहेको समेत उनको भनाइ छ। सोहेल तनवीर र रवि बोपरा जस्ता अनुभवी खेलाडीबाट आफूहरूले धेरै कुरा सिक्न पाएकोमा उनले खुसी व्यक्त गरे।

प्रकाशित: १८ मंसिर २०८१ १८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App