११ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

एनपीएलः सोएल तन्भिरले लिए पहिलो ओभरमै तीन विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा  पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजका सोएल तन्भिरले पहिलो ओभरमै तीन विकेट लिएका छन् ।  

१६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पोखराले पहिलो ओभरमा नै तीन विकेट गुमाएको हो । क्याप्टेन कुशल भुर्तेल र बास डी लीड गोल्डेन डकआउट भए भने दिलिप नाथ चार रनमा आउट भए । उनले तीनै जनालाई क्याच आउट गराएका हुन् । पोखराले पहिलो ओभरमा चार रनमात्र जोड्न सक्यो ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको हो । उसका लागि रवि बोपाराले ५१ रन बनाए । ३८ बलको सामना गरेका उनले समान तीन-तीन चौका र छक्का प्रहार गरे । क्याप्टेन कुशल मल्ले ३८ रन जोडे । 

प्रकाशित: १८ मंसिर २०८१ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App