चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा तीन विकेट गुमाएको छ। पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको चितवनले ६ ओभरको खेल जारी रहँदा तीन विकेट गुमाएर ५३ रन जोडेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले टस जित्दै चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएका थिए। एनपिएलमा पोखरा एभेञ्जर्सको यो पहिलो खेल हो।
चितवन राइनोजले सोमबार भएको खेलमा काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो। जै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रन पराजित गरेको छ ।
प्रकाशित: १८ मंसिर २०८१ १३:२६ मंगलबार