१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफूलाई पार्टीबाट निष्कासित गरिएको निर्णयको विरोध गर्न रावलको 'उर्दी'

नेकपा (एमाले)का नेता डा. भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताको उन्मादमा निरङ्कुश निर्णय गरेको आरोप लगाएका छन् ।

बुधबार आफूलाई पार्टीबाट निष्कासन गरेपछि बिहीबार उनले भनेका छन्, 'केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरङ्कुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो ।'

अगाडि उनले भनेका छन्, 'एमालेको निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाइयो ।'

उनले यो कदमको जनसमुदाय स्तरमा विरोध हुनेसमेत चेतावनी दिएका छन् । 'सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,' उनले भनेका छन् ।

यसअघि बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासित गरेको छ भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण मिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो । 

यो पनि पढ्नुहोस्

तीन नेतालाई कारबाही गर्ने निर्णयमा पाँच नेताको थियो असहमति

प्रकाशित: ११ पुस २०८१ १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App