१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

एसीसी पुरुष अन्डर–१९ एसिया कप, नेपाल पहिलो खेल श्रीलंकासँग खेल्दै

एसीसी पुरुष अन्डर–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल आज श्रीलंकासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान १०:४५ बजे यूएईको शारजाह क्रिकेट स्टेडियममा हुनेछ। 

दुवै टोली  सुखद् सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रदैछन्। बलियो मानिएको श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ। शक्ति गौचनको प्रशिक्षणमा नेपाली टोली एसिया कपमा उत्रन लागेको हो। नेपालले आफ्नो दोस्रो खेल पर्सी आइतबार बंगलादेश र तेस्रो खेल मंगलबार अफगानिस्तानसँग खेल्ने तालिका छ। 

प्रतियोगितामा एसियाका आठ देश सहभागी छन्। नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ए मा भारत, पाकिस्तान, जापान र यूएई छन्।  

यसैबीच आजै हुने अर्को खेलमा अफगानिस्तान र बंगलादेश भिड्ने छन्। बंगलादेश साविक बिजेता पनि हो। 

प्रकाशित: १४ मंसिर २०८१ ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App