८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

भारत र साउथ अफ्रिकाबीचको तेस्रो टी–२० म्याच आज

भारत र साउथ अफ्रिकाबीचको तेस्रो टी–२० खेल आज हुँदैछ। साउथ अफ्रिकाको सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा हुने खेल नेपाली समयानुसार राति ८ : ४५ बजेदेखि सुरु हुनेछ।

४ खेलको सिरिजमा भारत र साउथ अफ्रिकाले समान १–१ अंक जोडेका छन्। पहिलो खेलमा भारतले जित निकाल्दा दोस्रो खेलमा साउथ अफ्रिकाले जित हात पारेको थियो। सिरिज जित्नका लागि दुवै टोलीले अन्तिम दुई खेल जित्नैपर्ने हुन्छ। 

सिरिजको अन्तिम खेल नोभेम्बर १५ मा जोहानेसबर्गमा हुनेछ। 

आजको खेलमा भारतले अभिषेक शर्माको स्थानमा रमनदीप सिंहलाई पहिलोपटक प्लेइङ–११ मा समावेश गर्न सक्ने सम्भावना रहेको छ।

त्यस्तै साउथ अफ्रिकाको टोलीमा रायन रिकेल्टन, रीजा हेन्ड्रिक्स, एडेन मार्कराम (कप्तान), ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जान्सन, एन्डिले सिमेलेनरलुथो सिपामाला, जेराल्ड कोएत्जी, केशव महाराज, एनकाबायोमोजी पिटर रहनेछन्। त्यस्तै भारतीय टोलीको प्लेइङ ११ मा कप्तान सूर्यकुमार यादवसँगै सञ्जु सैमसन, अभिषेक शर्माररमनदीप सिंह, तिलक वर्मा, रिंकु सिंह, हार्दिक पाण्डेय, अक्षर पटेल, वरुण चक्रवर्ती, रवि बिश्नोई, अर्शदीप सिंह र आवेश खान रहने सम्भावना रहेको छ।

प्रकाशित: २८ कार्तिक २०८१ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App