२६ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिबान सरकारले भारतका लागि पहिलो राजदूत नियुक्त गर्‍यो

तालिबान सरकारले भारतमा आफ्नो पहिलो कूटनीतिक नियुक्ति गरेको छ। तालिबान सरकारले मुम्बईस्थित वाणिज्य दूतावासमा कार्यवाहक राजदूत का रूपमा इक्रामुद्दीन कामिललाई नियुक्त गरेको हो। 

तालिबान सरकारमा उप विदेश मन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाईले यसबारे जानकारी दिएका छन्। तर भारत सरकारले अहिलेसम्म स्वीकृत गरेको छैन।

अफगान सरकारले नियुक्त गरेका  इक्रामुद्दीन  विगत ७ वर्षदेखि भारतमा अध्ययनरत छन् । उनले दिल्लीको साउथ एसिया युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय कानूनमा पीएचडीको अध्ययन गरेका छन्। 

गत हप्ता, नोभेम्बर ६ मा, भारतीय विदेश मन्त्रालयका  सचिव जेपी सिंहले अफगानिस्तानमा तालिवानका कार्यवाहक रक्षा मन्त्री मुल्लाह मोहम्मद याकूबसँग भेट गरेका थिए। 

त्यसको  ६ दिनपछि कामिल राजदूतमा नियुक्त भएको जानकारी बाहिर आएको हो। सन् २०२१ मा अफगानिस्तानमा सत्तामा आएदेखि तालिबान सरकारले अन्तराष्ट्रिय मान्यता खोजिरहेको छ।

प्रकाशित: २९ कार्तिक २०८१ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App