महिला ३५ केजी मुनि तौल समूहमा रेखा रोकाया काठमाडौं महानगरपालिका प्रथम उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन्।
काठमाडौं महानगरपालिकाको सहकार्यमा नेपाल एकायन कराते संघद्वारा राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र लैनचौरमा आयोजित प्रतियोगितामा साक्षी ढकाललाई पछि पार्दै उनी च्याम्पियन बनेकी हुन्। सोही समूहमा साक्षी दोस्रो हुँदा सुप्रिया केसी र आर्या महर्जनले सान्त्वना स्थान प्राप्त गरे।
यस्तै, ४० केजी तौल समूहमा शिवानी आले मगरले स्वर्ण हात पारिन्।
त्यस्तै ४५ केजी तौल समूहतर्फ कृपा खड्का, ५० केजी तौल समूहमा रेश्मिला राई, ५५ केजी तौल समूहमा निशा तामाङ र महिला खुला तौल समूहमा अञ्जना बुढाथोकी पहिलो भए।
पुरुषतर्फ २५ केजी तौल समूहमा अरूण लामा, ३० केजी तौल समूहमा विवेश जैसी र ३५ केजी तौल समूहमा गणेश विष्टले पहिलो हुँदै स्वर्ण हात पारे।
४० केजीतर्फ प्रवीन श्रेष्ठ, ४५ केजीतर्फ सुवास शाही, ५० केजीतर्फ पवन तामाङ र ५५ केजीतर्फ विराज मगरले स्वर्ण जिते। पुरुष खुला तौल समूहमा दिनेश बलामीले पहिलो स्थान हात पारे।
प्रकाशित: २७ कार्तिक २०८१ ०७:५५ मंगलबार