८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
खेल

बेलबारी गोल्डकप: झापा ११ उपाधि नजिक

<br>

झापा ११ फुटबल क्लब बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि नजिक पुगेको छ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा झापाले बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० गोलअन्तरमा हराउँदै फाइनल यात्रा तय गरेको हो।

झापाले उपाधि जितका लागि शुक्रबार काठमाडौंको चित्लाङ फुटबल क्लब र सिराहाको सलहेस फुटबल क्लबबीचको खेल विजेतासँग खेल्ने छ।

झापालाई फाइनल यात्रा तय गराउन आशिष चापागाईं निर्णायक बने। उनले टोलीका लागि २ गोल गरेका थिए।

खेलको २८ औं मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले गोल गर्दै टोलीलाई अग्रता दिलाए। ७५ औं मिनेटमा बुटवलका डिफेन्स एन.मेन्डी इबोसिइको डिबक्सभित्र हेन्ड भएपछि झापाले पेनाल्टी सुटको पाएको अवसरलाई सदुपयोग गर्दै आशिषले अग्रतालाई दोब्बर पारे।  

८९ औं मिनेट बुटवलका एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिँदा गोल गर्नबाट चुकेका थिए। म्यान अफ द म्याच आशिषले नगद ५ हजार र ट्रफी प्राप्त गरे।

प्रकाशित: ८ कार्तिक २०८१ १९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App