१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालमा पहिलो पटक पाउन्ड क्रस विईथ रोप प्रतियोगिता हुने, विजेतालाई ५१ हजार पुरस्कार

विजयदशमीको अवसर पारेर कपिलवस्तुको बाणगंगा नगरपालिकाको राजापानी सामुदायिक वन क्षेत्रभित्र रहेको पोखरीमा नेपाल मै पहिलो पटक पाउन्ड क्रस विईथ रोप प्रतियोगिता हुने भएको छ ।  

लायन्स तथा लियो क्लव अफ कपिलवस्तुको आयोजनामा असोज २३ गते सो प्रतियोगिता हुने कार्यक्रम संयोजक संयोजक राम शुभागे थारुले सो जानकारी दिए । यसअघि सोही संस्थाले राजापानीमा दशैंको अवसरमा लगातार २ बर्ष ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता गरेको थियो । १६ वर्षमाथी र १६ वर्ष मुनिका गरी २ समूहमा खेल खेलाईने चौधरीले बताए ।  

यो खेल पनि पोखरीमाथि खेलिने खेल हो । जहाँ खेलाडीले पोखरीमाथि १० फिटको उचाईमा राखिएको डोरीमा अड्काइएका रिङलाई एकपछि अर्को गर्दै समातेर निर्धारित ५० मिटरको दुरी पार गर्नु पर्नेछ । यसरी सबैभन्दा छिटो दुरी पार गर्ने प्रतियोगिता पहिलो हुनेछ । खेलको संरचना निर्माण थालि सकिएको थारुले जानकारी दिए ।  

स्वास्थ्य र पर्यटनलाई टेवा दिने यो खेल नेपालमै पहिलो हुन लागेको संयोजक थारुको दावी छ । यस खेलको लागि १ हजारको फारम भरी अभिभावकको स्वीकृति लिएर सहभागिता जनाउन पाइने छ ।  

प्रतियोगितामा प्रथम हुनेले ५१ हजार, दोश्रोले २५ हजार बढी र तेश्रो र चौथोले पनि पुरस्कार पाउने थारुले जानकारी दिए । जुनियरतर्फ पनि नगद पुरस्कार राखिएको छ । क्लवका अध्यक्ष नवदत्त घिमिरेले पर्यटन प्रवर्धनका र लागुऔषध र अर्टिजमविरुद्ध सचेतना फैलाउन कार्यक्रम राखिएको बताए ।  

खेलाडीको सुरक्षालाई ध्यान दिइएको उनले बताए । पत्रकार महासंघका कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले लायन्सले हरेक बर्ष जिल्लाकै प्रचारप्रसार गर्ने गरी नयाँनयाँ खेल आयोजना गरेकोमा धन्यबाद दिँदै सबैले प्रतियोगिता सफल बनाउनु पर्ने बताए ।  

राजापानी सामुदायिक वनकी अध्यक्ष सितादेवी पौडेलले यस खेलबाट आफूहरु निकै उत्साहित रहेको भन्दै उक्त दिन प्रतियोगिता हेर्न पैसा नलाग्ने बताइन् । प्रतियोगिता सम्पन्न गर्नको लागि करिब ८ लाख खर्च हुने अनुमान छ । प्रथम उपाध्यक्ष नरायण पौडेलको स्वागतमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको संचालन सचिव दामोदर पन्थीले गरेका थिए ।

प्रकाशित: १७ आश्विन २०८१ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App