प्रणव खनाल, प्रणव मानन्धर, प्रदीप खड्का र निसान श्रेष्ठ बिहीबार बिवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको पुरुष सिंगल्सको सेमिफाइनलमा स्थान बनाएका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको प्रदीपले निहान जंगबहादुर थापालाई ६–२ र ६–४, प्रणव खनालले सक्षमविक्रम शाहलाई ६–२ र ६–३, प्रणव मानन्धरले राजवीर प्रधानलाई ६–२ र ६–१ तथा निसानले बोरिस अधिकारीलाई ६–१ र ६–२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्। भेट्रान ४५ वर्षमाथि रोहित सुनुवारले छेवाङ लामालाई ७–५ र ७–६(५) तथा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६–१ र ६–० ले हराउँदै उपाधि भिडन्त तय गरेका छन्। ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह र कमल थापा उपाधिका लागि भिड्नेछन्।
मनोजविक्रमले डियोनम लामालाई ६–३ र ६–० तथा कमलले उत्तम बोगटीलाई ६–३ र ६–० ले फाइनलमा स्थान बनाएका हुन्। ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुव गुरुङले कर्मा घलेलाई ६–१ र ६–२ तथा कमल थापाले डियोनम लामालाई ६–१ र ६–३ ले पन्छ्याउँदै फाइनलमा पुगे। भेट्रान ३५ वर्षमाथि जितेन्द्र परियार, भीष्मजंग गुरुङ, सीमान्त गुरुङ र सन्तोष खत्रीले सेमिफाइनलमा स्थान बनाएका छन्। ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङ तथा विदुर विष्ट र भिक्टर राणाको जोडी उपाधिका लागि भिड्नेछन्।
त्यस्तै ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही तथा रोहित सुनुवार र हिमाल शाहको जोडी स्वर्णका लागि भिड्नेछन्।
५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र डेगेन्द्र श्रेष्ठ तथा उत्तम शेर्पा र चन्द्र शाहीको जोडीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै फाइनलमा स्थान बनाए।
प्रकाशित: ११ आश्विन २०८१ ०९:२७ शुक्रबार





