१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

कोटेश्वर डोजाङलाई आठ स्वर्ण

 कोटेश्वर तेक्वान्दो डोजाङ शनिबार छैटौं नेकोस राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।  

नेपाल खेलकुद महासंघ(नेकोस) अन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा सम्पन्न प्रतियोगितामा कोटेश्वरले ८ स्वर्ण, तीन रजत र चार कांस्य जितेको हो । सुन्दरीमाइ तेक्वान्दो डोजाङ दुई स्वर्ण, दुई रजत र ५ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको ओम माने तेक्वान्दो डोजाङले एक स्वर्ण र चार रजत हात पा¥यो । विजेतालाई बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठ र आयोजक राष्ट्रिय तेक्वान्दो संघकी अध्यक्ष शारदा धिमाललगायतले पुरस्कृत गरे ।

त्यसअघि एकदिने प्रतियोगिताको नेपाल खेलकुद महासंघका इन्चार्ज एवं नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र नेकोसका महासचिव धर्मकुमार लामाले उद्घाटन गरेका थिए । प्रतियोगितामा दुई सय ७५ खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिए ।  

प्रकाशित: २३ भाद्र २०८१ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App