२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

हरिश्चन्द्र कप पुटबलको उपाधिका लागि त्रिवेणी र लदाभीर भिड्ने

कटारीमा जारी ‘प्रथम हरिश्चन्द्र साह स्मृति कप फुटबल प्रतियोगिता ०८१’को उपाधिका लागि त्रिवेणी मावि कटारीले सिन्धुलीको नमूना मावि लदाभीर भिड्ने भएका छन्।

मंगलबार सम्पन्न अन्तिम सेमिफाईनलमा सरस्वति मावि भोर्ले कटारी ५ लाई पराजित गर्दै लदाभीर फाईनलमा पुगेको हो। लदाभीरका खेलाडी होहन घिसिङले खेलको ४९ औँ मिनटमा गरेको १ मात्र गोल नै फाईनलमा पुग्नका लागि निर्णायक बन्न पुग्यो। खेलको समयावधि सकिन लाग्दा बल्ल घिसिङको प्रहार गोलमा परिणत हुदै लदाभीर फाईनलको यात्रा तय गर्न सफल भएको हो।

यसअघि उदयपुरकै कटारीस्थित त्रिवेणी माविले सोमवारको खेलमा बालमन्दिर मावि बोक्से गाईघाटलाई ५–४ गोल अन्तरले पराजित गर्दै र्फाइनलमा स्थान बनाइसकेको छ। त्रिवेणीले टाईब्रेकरमा बालमन्दिरलाई पराजित गरेर फाईनल यात्रा तय गरेको थियो।

टाईगर क्लब कटारीको आयोजनामा भदौ ११ गते सुरु भएको विद्यालयस्तरीय प्रतियोगितामा उदयपुर र सिन्धुलीका विद्यालयहरुको सहभागिता रहेको छ। क्लबका अध्यक्ष दिपक राईका अनुसार प्रतियोगितामा कटारी र सदरमुकामको त्रियुगा नगरपालिका तथा उदयपुरगढी गाउँपालिकाका साथै सिन्धुलीको दुधौली नगरपालिकाका विभिन्न विद्यालय गरी २८ समूहले भाग लिइरहेका छन्।

प्रतियोगिता विजेता टिमलाई ३० हजार नगद, ट्रफि र प्रमाणपत्र तथा उपविजेताले २० हजार नगद पुरस्कारको व्यवस्था रहेको खेल व्वस्थापक ऋतिक तामाङले बताएका छन्। उनका अनुसार यस अलावा उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीलगायत विधागत पुरस्कारको व्यवस्थापन रहेको आयोजक क्बबले जनाएको छ। 

प्रकाशित: १९ भाद्र २०८१ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App