२९ भाद्र २०८१ शनिबार
image/svg+xml
खेल

लिग जितेर आए खेलाडीको उच्च समान हुन्छ: मुख्यमन्त्री कार्की

काठमाडौंमा भदौ १६ गतेदेखि हुन लागेको एन्फा महिला लिगमा सहभागी कोसी प्रदेशको खेलाडीलाई बिदाइ गरिएको छ ।विराटनगरमा बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला खेलाडीलाई जितका लागि शुभकामना दिँदै बिदाइ गरेको थिए ।

 उनले खेलाडी बिदाइ गर्दै लिगको सुपर लिगमा प्रथम भए खेलाडीसहित पदाधिकारीलाई जनही एक लाख रुपैयाँले सम्मान गर्ने बताए ।हाम्रो प्रदेश अन्य प्रदेशभन्दा अब्बल भएकाले जित आफ्नो पक्षमा पार्ने कुरामा कुनै दुई मत छैन, मुख्यमन्त्री कार्कीले भने, ‘मलाई विश्वास छ हाम्रो टोली प्रथम हुन्छ । हाम्रो प्रदेशमा भएका माता पाथीभरा, हलेसी, बराह क्षेत्र, दन्त काली बुढा सुब्बा लगायतका देवी देउताको आशीर्वाद रहेकाले खेलाडीले राम्रो प्रदर्शन गर्दै जित्ने छन् । त्यसैले पनि हामी लिगको सुपर लिगमा प्रथम हुने गरी खेलौं जित हाम्रो निश्चित छ ।’ प्रदेशको खेलकुद विकास बोर्डलाई अझ राम्रो र बलियो कसरी बनाउने भनेर व्यापक छलफल भइरहेको छ ।

विभिन्न कानुनी प्रक्रियाहरू छन् । त्यसलाई कसरी मिलाएर लैजान सकिन्छ भनेर छलफल भइरहेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘खेलको स्तर बढाउनका लागि खेल मैदान बनाउनेलगायत अन्य विभिन्न काम भइरहेको र केही गर्न बाँकी छ । राजनैतिक अस्थिरताले गर्दा भने जस्तो तरिकाले काम गर्न सकिरहेका छैनौं । चाँडो चाँडो सरकार परिवर्तन हुने र एउटा सरकारले ल्याएको खेल नीति र योजना अर्को नयाँ सरकारले नमान्ने जस्ता समस्याले गर्दा सोच अनुरूपको काम हुन सकेको छैन ।’

लिगमा भाग लिन जाने खेलाडी र अफिसियललाई प्रदेशको सामाजिक विकास मन्त्री पाँच कर्ण राई, कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले शुभकामना दिएका थिए ।

महिला लिगअन्तर्गत राउन्ड रोबिनको टप पाँचौमा उक्लिने पहिलो लक्ष्यसहित मैदानमा उœन लागेको कोसी प्रदेश महिला फुटबल टिमकी कप्तान सिमरन राईले बताइन् । उनले पहिलो लक्ष्य पाँचभित्र पर्ने र त्यसपछि डबल राउन्ड रोबिनमा उत्कृष्ट प्रदर्शन गर्ने रहेको बताएकी छन् । 

लिगका लागि करिब १० दिन धरानस्थित एन्फा टेक्निकल मैदानमा बन्द प्रशिक्षणमा टोली रहेको थियो । कोसीको नियमित कप्तान खुश्मा राई, अग्रपंक्तिकी जेनिफर राई र गोलरक्षक सुशीला चौधरी भुटानमा खेलिरहेका छन् । उनीहरु लिगको तेस्रो खेलबाट टोलीमा सामेल हुनेछन् ।

 प्रदेशको टोलीमा भारतको पश्चिम बंगालीकी भुली सरकार, तमलिका सरकार र सुनिता सरकारलाई सम्मिलित गराउने तय भएको छ । वैशाखमा सुर्खेतमा सम्पन्न लिग छनौटमा अपराजित रहँदै कोसीको टोली प्रथम भएको थियो ।कोसी प्रदेशको टोलीमा झापा, सुनसरी, मोरङ, उदयपुर, भोजपुर, ओखलढुङ्गा, इलाम, पाँचथरका खेलाडी छन् । 

प्रकाशित: १२ भाद्र २०८१ २०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App