२२ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

क्यालेन्डर अनुसार खेलकुदका गतिविधि भए राम्रा खेलाडी उत्पादन गर्न सकिन्छ: मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्थानीय तहले क्यालेन्डर प्रतियोगिताहरू सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आइतबार मन्त्रालयमा काठमाडौं उपत्यकाभित्रका नगर प्रमुखहरूसँगको छलफलका क्रममा उनले यस्तो कुरा बताएका हुन ।उनले क्यालेन्डर बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्दा ग्रास रुटबाटै खेलाडीहरू उत्पादन गर्न सकिने बताए ।उनले विद्यालयहरूमा क्यालेन्डर अनुसार खेलकुद भए राम्रो खेलाडीहरू उत्पादन गर्न सकिने स्पष्ट पारे ।

उनले स्थानीय तहले नै खेलकुदका विभिन्न गतिविधिहरू सञ्चलन गरिरहेको तर संघ सरकारले स्थान र पुरस्कारको मात्रै व्यवस्थापन गर्नुपर्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छलफलपछि जानकारी मिलेको बताए।मन्त्री चौधरीले सरकारले ग्रास रुट र स्थानीय तहमा खेलकुदको विकास चाहेको बताए । 

प्रकाशित: ९ भाद्र २०८१ २०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App