१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

खेलमा देखाइने अनुशासन राजनीतिमा पनि लागू गर्नुपर्छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलमा देखाइने अनुशासन राजनीतिमा पनि लागू गर्नुपर्ने बताएका छन् ।

आइतबार स्व.गायक जेबी टुहुरेको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित फुटसलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले विभिन्न राजनीतिक पार्टीमा आबद्ध व्यक्तिहरू आपसी द्वन्द्व, प्रतिस्पर्धा, प्रश्नमा,आपसी विमतिमा रहे पनि खेलकुद, गीत, सङ्गीतको समयमा एकै ठाउँमा हुने भन्दै राजनीतिमा पनि विशेष अवस्थामा एक हुन सक्नुपर्ने बताए। उनले खेलको नियमलाई राजनीतिमा पनि उतार्न सके सफल बन्ने बताए । 

अभिनेता धिरेन शाक्यले आत्मीयता आदानप्रदानका लागि खेलेको बताए । उनले दुवै तर्फबाट उत्कृष्ट टिम रहेकाले खेल उत्साहप्रद रहेको बताए।

राजनीतिक दलका नेता र कलाकारहरूले स्व। जेबी टुहुरेलाई सो अवसरमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। जेबी टुहुरेको स्मृति दिवसको अवसरमा कलाकार र राजनीतिक दलका नेताहरूबिच फुटसल भएको हो । 

प्रकाशित: ९ भाद्र २०८१ २०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App