१० वैशाख २०८२ बुधबार
image/svg+xml १४:२३ अपराह्न
खेल

हिमालयन फुटसल भदौ २० गतेदेखि

आगामी भदौ २० गतेदेखि हिमालयन फुटसल गोल्डकप प्रतियोगिता हुने भएको छ। हिमालयन फुटबल क्लबको आयोजनामा ठूलो पुरस्कार राशिको दुईदिने प्रतियोगिता हुन लागेको हो।

बुधबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी दिएको थियो।

नकआउट फरम्याटका आधारमा हुने प्रतियोगिताको खेलहरू चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा सञ्चालन हुनेछन्। हालसम्म कुल ३२ टोलीले प्रतिस्पर्धा गर्ने टुङ्गो लागेको छ। केही दिनमा सहभागिता संख्या बढ्न सक्ने आयोजकको भनाइ छ। प्रतियोगिताका विजेताले दुई लाख र उपविजेताले एक लाख रूपैयाँ पाउनेछन्।

अनुशासित टोलीले २० हजार पाउँदा उत्कृष्ट खेलाडी र गोलकिपरले समान १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन्। प्रतियोगिताको मुख्य प्रायोजक गानादा एजुकेसनल कन्सल्टेन्सी हो। खुला प्रतियोगिता भएकाले राष्ट्रिय टोलीका खेलाडीले कुनै पनि टोलीबाट खेल्न पाउने आयोजकले स्पष्ट पारेको छ।

प्रतियागितामा सहभागिताका लागि १२ हजार रूपैयाँ टिम दर्ता शुल्क तय गरिएको छ। तर, आयोजकका अनुसार उपत्यकाबाहिरका टोलीलाई बिनाशुल्क सहभागी गराउने तयारी भइरहेको छ।

प्रकाशित: ६ भाद्र २०८१ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App