४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलकुद महासंघलाई शंकर पोखरेलको निर्देशन: जिम्मेवारीसहितको नेता बन्नुस्

नेकपा एमालेका महासचिव शंकर पोखरेलले खेलकुद क्षेत्रको नेतृत्व लिने गरी अगाडि बढ्न खेलकुद महासङ्घलाई निर्देशन दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले साझा खेल संघहरुमा महासंघको नेतृत्वलाई स्थापित गर्ने गरी काम गर्नुपर्ने बताएका हुन।

सबै खेल संघहरुमा कमिटी भित्रका पदाधिकारीहरूलाई पदीय हिसावले नेता हुने की जिम्मेवारी पूरा गरेको नेता हुने हो आफैँले निर्णय गर्न आग्रह गरे। महासचिव पोखरेलले खेल क्षेत्रमा महासंघको भुमिका बलियो बनाउन प्रभावकारी योजना बनाउन सुझाव दिए।

नेकपा एमालेको खेलकुद महासंघ युवाहरूलाई जोड्ने ठुलो इकाईको रुपमा लिइन्छ । महासंघले विगत केही वर्षदेखि खेलकुदको गतिविधि सञ्चालन पनि गर्दै आएको छ। 

प्रकाशित: २ भाद्र २०८१ १७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App