२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

तीन जना महिला भलिबल खेलाडीलाई एपीएफले गर्‍यो सम्मान

'काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४' मा सहभागी भएका तीन खेलाडीलाई सशस्त्र प्रहरीले सम्मान गरेको छ।

बुधबार सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबिच शस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन्।

सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट रहेका छन्।

महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लबमा आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी देश र सङ्गठनको छवी उच्च राख्न खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन्।

उक्त लिग यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न भएको थियो। 

प्रकाशित: ३० श्रावण २०८१ १७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App