१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पेरिसमा पौडीका एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले जारी पेरिस ओलम्पिक २०२४ मा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पेरिस ला डिफेन्स एरिनामा भएको पुरुष एक सय मिटर फ्रिस्टायल प्रतिस्पर्धामा एलेक्जेन्डरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले ५१.९१ सेकेन्डको समय निकाले ।

उनको नाममा यस अघि ५२.१७ सेकेन्डको कीर्तिमान थियो । नेपाली राष्ट्रिय पौडी टोलीका मुख्य प्रशिक्षक प्रशिक्षक शंकर कार्कीका अनुसार एलेक्जेन्डरले यो कीर्तिमान गत फेब्रुअरीमा कतारको दोहामा सम्पन्न विश्व एक्वाटिक्स च्याम्पियनसिपका दौरान बनाएका हुन् । राष्ट्रिय कीर्तिमानका बाबजुद एलेक्जेन्डर जारी पेरिस ओलम्पिक हिटचरणबाटै बाहिरिएका छन् ।

हिटमा आठ खेलाडीमध्ये एलेक्स तेस्रो स्थानमा रहे । एलेक्सले वाइल्ड कार्ड कोटामै पेरिस ओलम्पिक खेल्ने पक्का गरेका हुन् । उनले २०२० को टोकियो ओलम्पिक पनि खेलेका थिए । यससँगै पेरिस ओलम्पिकमा सहभागी सातमध्ये पाँच नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन् । अब एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।

प्रकाशित: १५ श्रावण २०८१ १५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App