२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण भदौ ३ देखि, पुरस्कार राशि बढाइने

ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण आउँदो भदौ ३ गतेदेखि आयोजना हुने भएको छ।

लाखेजात्राको अवसरमा हुने गोल्डपकको दोस्रो संस्करण भदौ ३ देखि १० गतेसम्म फुङलिङस्थित भानुजन माविको खेल मैदानमा हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए।

अध्यक्ष गुरुङका अनुसार यस पटकदेखि गोल्डकप प्रतियोगिताको पुरस्कार राशि पनि बढाउने विषयमा छलफल भएको छ।

प्रतियोगितालाई विशिष्ट बनाउन नेपालका नाम चलेका ‘ए’ डिभिजन क्लबहरुलाई आमन्त्रण गर्ने निर्णय गरिएको पनि गुरुङले बताए। यसअघि ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका विजेताले ३ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको नगद पुरस्कार पाउँदै आएका थिए। यसवर्षदेखि पुरस्कार राशी वृद्धि गर्ने तर कति गर्ने भन्ने बिषयमा छलफल भइरहेको गुरुङले जानकारी दिए।

लाखेजात्राको अवसरमा हुने यो प्रतियोगिता पूर्वी पहाडी जिल्लाहरुमा आयोजित फुटबल प्रतियोगितामा सबैभन्दा बढी दर्शक उपस्थित हुने प्रतियोगिताको रुपमा परिचित रहेको छ।

लाखेजात्राको अवसरमा २०२९ साल देखि फुटबल प्रतियोगिता आयोजना हुँदै आएको बताईन्छ। समय अनुसार उक्त प्रतियोगिताको नाम परिवर्तन हुँदै आइरहेपनि गत वर्षदेखि उक्त प्रतियोगिता ताप्लेजुङ गोल्डकपका नामबाट सञ्चालन हुन थालेको हो।

प्रकाशित: ३० असार २०८१ ०९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App