२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

एसिया कप वुमेन्सः ब्याटिङ्ग युनिटको कोर बनाउने जिम्मा यी खेलाडीलाई

एसिया कप क्रिकेट वुमेन्स २०२४ आगामी जुलाई १९ बाट सुरु हुँदैछ। एसियन क्रिकेट काउन्सिलले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालले तेस्रोपटक सहभागिता जनाउँदै छ।

श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट वुमेन्सको आफ्नो पहिलो खेलमा नेपालले युएईसँग भिड्ने छ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली राष्ट्रिय महिला टीमले यसअघि सन् २०१२ र २०१६ मा सहभागिता जनाएको थियो। तर, सो समय नेपाल समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने नेपालले टेस्ट राष्ट्रलाई चुनौती दिनेगरी तयारी गरिरहेको टीमका मुख्य प्रशिक्षक मनोज कटुवालले बताएका छन्।

उनले नेपालको महिला क्रिकेटलाई विश्वभर स्थापित गराउनका लागि पछिल्लो समय ब्याटिङ्ग, बलिङ्ग र फिल्डिङ्ग सबैमा सुधार गर्दै तयारी गरिरहेको भन्दै एसिया कप जित्ने लक्ष्य रहेको बताए।

यता टीममा पूर्व कप्तान रुबिना क्षेत्री, सीता राना मगर र कप्तान इन्दुले आफ्नो ब्याटिङ्ग युनिटको कोर बनाउने छन् भने स्पिन डिपार्टमेन्टमा सबनम राईको अफ ब्रेक महत्वपूर्ण हुने मानिएको छ।

पूजा महतोले पेस आक्रमणको नेतृत्त्व गर्ने अपेक्षा गरिएको छ। जसमा कविता कुँवर जस्ता खेलाडीहरू पनि हुनेछन्।

त्यसकारण यसपटकको एसिया कपमा नेपाल कति टाढा जान्छ भन्ने हेर्न रोमाञ्चक हुनेछ।

प्रकाशित: १८ असार २०८१ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App