१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

युरोकप २०२४ः इङ्ग्ल्यान्ड र स्पेन क्वाटरफाइनलमा

इङ्ग्ल्यान्ड यूईएफए युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। गयराति भएको खेलमा इङ्ग्ल्यान्डले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो।

स्लोभाकियाले खेलको २५औँ मिनेटमा स्लोभाकियाका लागि इभान स्क्रान्जले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यो गोलसँगै स्लोभाकियाले इङ्ग्ल्यान्डविरुद्ध इन्जुरी समयसम्म अग्रता लिएको थियो। तर, खेलको इन्जुरी समयमा इङ्ग्ल्यान्डका जुडे बेलिङ्घमले गोल गर्दै इङ्ग्ल्यान्डलाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो र दोस्रो हाफ बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो।

अतिरिक्त समयको पहिलो मिनेटमै गोल गर्दै इङ्ग्ल्यान्डका ह्यारी केनले टिमलाई अग्रता दिलाए। सोही गोल निर्णायक बन्दा इङ्ग्ल्यान्ड स्लोभाकियाविरुद्ध २–१ गोलले विजयी भयो।

अब अन्तिम ४ मा प्रवेशका लागि इङ्ग्ल्यान्डले क्वाटरफाइनलमा स्वीट्जरल्यान्डको सामना गर्नेछ।

त्यस्तै, स्पेन पनि यूईएफए युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। राति जर्मनीमा भएको खेलमा जर्जियाविरुद्ध फराकिलो पुनरागमन जित निकाल्दै स्पेनले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो।

खेलको १८औँ मिनेटमा आत्मघाती गोल उपहारमा पाएपछि स्पेन दबाबमा परेको थियो। तर, ३९औँ मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै स्पेनलाई १–१ को बराबरीमा ल्याए। खेलको ५१औँ मिनेटमा फावियन रुइजले गोल गर्दै जर्जियाविरुद्ध स्पेनलाई अग्रता दिलाए। ७५औँ मिनेटमा निको विलियम्सले गोल गरेसँग स्पेनले जर्जियाविरुद्ध ३–१ को अग्रता दिलाए। त्यसपछि डेनी ओल्मोले ८३ औँ मिनेटमा गोल गरेपछि स्पेनले जर्जियाविरुद्ध ४–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुनिश्चित गर्‍यो।

अब स्पेनले अन्तिम ४ मा प्रवेशका लागि जर्मनीको सामना गर्नेछ।

प्रकाशित: १७ असार २०८१ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App