१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

समूह ‘ए’ को समीकरण रोमाञ्चक मोडमा, जानौं सेमिफाइनलमा पुग्ने हिसाबकिताब

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ का खेलहरू जारी छन्। दुई समूहमा बाँडिएका ८ टीममध्ये ४ टीमले सेमिफाइनलमा स्थान बनाउने छन्। जसमा समूह ‘बी’ दक्षिण अफ्रिका र इङ्ग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। यसबीच समूह ‘ए’ को समीकरण निकै रोमाञ्चक बनेको छ।

आइतवार भएको खेलमा अफगानिस्तानसँग अस्ट्रेलिया पराजित भएपछि समूह ‘ए’ को समीकरण रोमाञ्चक बनेको हो।

आइतवार भएको खेलमा अफगानिस्ताने अस्ट्रेलियालाई २१ रनले हराउँदै ऐतिहासिक जित हासिल गरेको छ। अफगानिस्तानको जितसँगै चार वटै टीमको सेमिफाइनलको यात्रा अझै जीवित छ भने हालसम्म एक खेलमा पनि जित निकाल्न नसकेको बङ्गलादेशलाई पनि जीवनी प्राप्त भएको छ।

भारतः अहिलेसम्म भारतको समीकरण सहज देखिएको छ। तर, उसले आफ्नो आजको खेलमा अस्ट्रेलियालाई हराउनै पर्ने हुन्छ। ऋाज हुने खेलमा भारतले यदि अस्ट्रेलियालाई पराजित गर्यो भने ऊ सेमिफाइनलमा पुग्ने छ।

भारतले हालसम्म खेलेको सुपर ८ अन्तर्गतको २ खेलमध्ये दुबैमा जित निकालेको छ। र, उसको नेट रनरेट +२.४२५ रहेको छ। यदि भारत अस्ट्रेलियासँग फराकिलो अन्तरले पराजित भयो र अफगानिस्तानले बङ्गलादेशविरुद्ध जित हासिल गर्यो भने भारतको बाहिरिने सम्भावना बढी हुन्छ। यस अवस्थामा अस्ट्रेलिया र अफगानिस्तान नेट रनरेटको आधारमा भारतभन्दा अघि पुग्छ।

अस्ट्रेलियाः अफगानिस्तानसँगको हार पछि अस्ट्रेलियाली टीम समस्यामा परेको छ। अब उसलाई आज हुने खेलमा भारतलाई पराजित गर्नै पर्ने हुन्छ। साथै बङ्गलादेशको पनि सहयोग उसलाई चाहिन सक्छ, र बङ्गलादेशले आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई हराइदियोस भन्ने कामना गर्नुपर्ने हुन्छ। हालसम्म २ खेल खेलेकोमा एकमा जित र एकमा पराजित भएको अस्ट्रेलियाको नेट रनरेट +०.२२३ रहेको छ। यदि अस्ट्रेलिया भारतसँग पराजित भयो भने पनि उसलाई बङ्गलादेशको सहयोगको खाचो पर्न सक्छ। बङ्गलादेशले यदि अफगानिस्तानलाई पराजित गर्यो भने दुबै टीमको २÷२ अङ्क हुन्छ र नेट रनरटेको आधारमा निर्णय गरिने छ।

अफगानिस्तानः अफगान टीमलाई सेमिफानइलमा पुग्नका लागि बङ्गलादेशलाई हराउनै पर्ने हुन्छ। साथै अस्ट्रेलियाविरुद्धको खेलमा भारतको जितको अपेक्षा गर्नुपर्छ। यदि अफगानिस्तान बङ्गलादेशसँग पराजित भयो भने उसले अस्ट्रेलियासँगको खेलमा भारतले ठूलो अन्तरले जित हात पारोस् भन्ने कामना गर्नुपर्ने हुन्छ। अफगानिस्तानको हाल नेट रनरेट –०.६५० रहेको छ। यदि भारतसँगको खेलमा अस्ट्रेलियाले जित हात पार्यो भने अफगानिस्तानलाई बङ्गलादेशसँगको खेलमा फराकिलो अन्तरको जित निकाल्न आवश्यक हुन्छ।

बङ्गलादेशः बङ्गलादेशलाई सेमिफाइनलमा क्लालिफाई गर्नका लागि कुनै चमत्कारको आवश्यक छ। अझैपनि सेमिफाइनलको रेसमै रहेको बङ्गलादेशलाई अफगानिस्तानविरुद्धको खेलमा फराकिलो जितको खाँचो हुन्छ। साथै भारतीय टीमले अस्ट्रेलियालाई पराजित गरिदियोस् भन्ने पनि कामना गर्नुपर्ने हुन्छ। बङ्गलादेशको हाल नेट रनरेट –२.४८९ रहेको छ।

प्रकाशित: १० असार २०८१ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App