१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

अस्ट्रेलियालाई २१ रनले हराउँदै अफगानिस्तानको ऐतिहासिक जित

आईसिसी टी–२० विश्वकप अन्तर्गत जारी सुपर ८ को खेलमा अफगानिस्तानले ऐतिहासिक जित हात पारेको छ। टि-२० क्रेकेटमा अस्ट्रेलियाविरूद्ध अफगानिस्तानको यो पहिलो जित हो ।

एर्नोस भेले ग्राउन्डमा भएको खेलमा अस्ट्रेलियालाई २१ रनले हराउँदै अफगास्तिानले सुपर ८ मा आफ्नो पहिलो जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अफगानिस्तानले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनायो। १४९ रनको लक्ष्यसहित मैदान उत्रेको अस्ट्रेलियाले खराब प्रदर्शन गर्दै निर्धारित ओभरको ४ बल बाँकी छदै अल आउट भएर १२७ रन मात्रै बनाउन सक्यो।

अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरवाजले सर्वाधिक ६० रन जोडे भने इब्राहिम जरदानले ५१ रन जोडे। जुन अफगानिस्तानको जितका लागि पर्याप्त बन्यो। 

यता अस्ट्रेलियालाई जितबाट रोक्नका लागि गुलबदिन नाइबले सर्वाधिक ४ विकेट लिए भने नविन उल हकले सर्वाधिक ३ विकेट लिए। कप्तान राशिद खान, मोहम्मद नबी र अजमतुल्लाह ओमरजाइले समान १/१ विकेट हात पारे।

उता अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रनको पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन। म्याक्सवेल बाहेक अन्य कुनैपनि खेलाडीले खासै रन जोड्न सकेनन् भने अस्ट्रेलियामाथि अफगानिस्तानका बलरहरू सुरुदेखि नै हाबी देखिए।

जारी सिजनमा अस्ट्रेलियाको यो पहिलो हार हो भने सुपर ८ मा अफगानिस्तानको पहिलो जित हो।

प्रकाशित: ९ असार २०८१ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App