१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

टी–२० विश्वकप क्रिकेट: भारत र अफगानिस्तान भिड्दै, हेड टु हेडमा को बलियो?

आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत बिहीवार भारत र अफगानिस्तान बीच खेल हुँदैछ।

केनिङ्स्टन ओभल, ब्रिजटाउनमा हुने भारत र अफगानिस्तानबीचको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

रोहित शर्माको कप्तानीमा रहेको भारत समूह ‘ए’ को विजेता हुँदै सुपर ८ मा पुगेको हो भने राशिद खानको कप्तानीमा रहेको अफगानिस्तान समूह ‘सी’ को उपविजेता हुँदै सुपर ८ मा पुगेको हो।

आजको खेलमा भारतका अर्षदीप सिंह, सूर्यकुमार यादव, यशस्वी जयसवाल र अक्षर पटेलमाथि सबैको नजर रहेको छ भने अफगानिस्तानका फजलहक फारुकी, इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज र राशिद खानमाथि सबैको विषेश नजर रहने छ।

तर, भारतका लागि भने बिहीवार हुने खेल मैदान खतरा उत्पन्न गराउन सक्ने देखिन्छ। बारबाडोसको राजधानी ब्रिजटाउनमा रहेको उक्त खेल मैदान भारतका लागि अनलक्की रहेको छ।

भारतीय टीमले हालसम्म यस मैदानमा खेलेको खेलमध्य एक टी–२० पनि जितेको छैन। भारतले केनिङ्स्टन ओभलमा हालसम्म २ टी–२० खेलेको छ र दुबैमा पराजित भएको छ। उक्त दुबै खेल सन् २०१० मा खेलिएको थियो। अब भारत १४ वर्ष पछि उक्त मैदानमा फेरि उत्रदै छ।

हेड टु हेड मा भारत र अफगानिस्तानबीच हालसम्म ८ टी–२० खेल भएका छन्। जसमा भारतले ७ खेलमा जित हात पारेको छ भने अफगानिस्तान सबैमा पराजित भएको छ। जबकी एक खेल नतिजाबिहीन रह्यो।

प्रकाशित: ६ असार २०८१ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App