१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

महिला फुटबलमा बंगलादेश र जोर्डन पनि

क्याप्शन

नेपाली राष्ट्रिय महिला टोलीले लेबानानमा खेल्ने चारदेशीय फुटबल प्रतियोगितामा बंगलादेश र जोर्डनले पनि सहभागिता जनाउने भएका छन्।

आगामी असार २४ देखि साउन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता लेबनानको बेरुतमा आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । गत फागुनमा साउदी अरबमा आयोजना भएको वाफ महिला च्याम्पियनसिप खेलेयता राष्ट्रिय महिला टोली मैदान उत्रन पाएको छैन। उक्त टोलीले चारदेशीय फुटबल प्रतियोगितामार्फत लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको हो।

नेपालले गत असोजमा चीनमा आयोजना भएको १९ औं एसियन गेम्समा सहभागिता जनाएको थियो। उक्त प्रतियोगितामा नेपालले दुई हार र एक बराबरीको नतिजा निकालेको थियो। त्यसको पाँच महिनापछि बिनातयारी साउदी पुगेको नेपाली टोलीले पश्चिम एसियाली फुटबल महासंघ (वाफ) ले आयोजना गरेको महिला च्याम्पियनसिप २०२४ मा समूहचरणमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

सेमिफाइनलमा लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरको पराजित हुँदा उपविजेतामा सीमित भएको थियो। प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका छन्। उनले यसअघि ३० खेलाडीलाई बोलाएका थिए। त्यसबाट पाँच जना बाहिरिइसकेका छन्।

प्रकाशित: ३ असार २०८१ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App