४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

ग्यालेक्सी र मोर्डन एरा सेमिफाइनलमा

तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन्।

विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेस्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो। 

जितका लागि ग्यालेक्सीबाट निर्णायक गोल नीरज चौधरीले गरे। उनी खेलको प्लेर अफ द म्याच घोषित भए। सोही दिन भएको दोस्रो खेलमा मोर्डन एरालले सनसाइन स्कुललाई २–० गोलले हरायो। जितका लागि अमन माझीले दुई गोल गरे।

उनी म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताको आइतबारको पहिलो खेल गोदावरी र सगरमाथा स्कुलबीच र दोस्रो खेल सेन्ट जोसेफ र डिपिएस स्कुलबीच हुनेछ।

प्रकाशित: २ असार २०८१ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App