४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

फाइल तस्बिर

आयोजक नेपालले साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकाको समाना गर्ने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले श्रीलंकासँग खेल्ने पक्का भएको हो । नेपाल र श्रीलंकाको खेल १६ अगस्टमा हुनेछ ।

 नेपाल समूह ‘ए’ मा रहेको छ। यो समूहमा नेपाल र श्रीलंकासँगै बंगलादेश र पाकिस्तान रहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिता साफ यू–१९ को नामबाट भएको थियो । उक्त प्रतियोगितामा नेपाल पेनाल्टी सुटआउटमा भारतसँग ३–२ गोल अन्तरले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।

भारतले फाइनलमा पाकिस्तानलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रोपटक उपाधि जितेको थियो । भारत यसपटक पनि समूह ‘बी’ मा रहेको छ । भारत रहेको समूहमा माल्दिभ्स र भुटान रहेका छन् । नेपालले दोस्रो खेल १९ अगस्टमा पाकिस्तानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेल २२ अगस्टमा बंगलादेशसँग नेपालले खेल्नेछ । हरेक समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छ।  

प्रकाशित: ३० जेष्ठ २०८१ २०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App