१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

ओमोडाले प्रत्येक रन र विकेटमा रुख रोप्ने

नेपालको अग्रणी विद्युतीय गाडी (इभी) ओमोडाले ‘आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटलक्षित वातावरणीय योजना सार्वजनिक गरेको छ । 'नेपाल स्कोर्स, ओमोडा ग्रोज' नारासहित उसले विश्वकपमा नेपाली टोलीले बनाउने प्रत्येक रन र विकेटमा रुख रोप्ने योजना सार्वजनिक गरेको हो ।  

यस अभियान अन्तर्गत ओमोडाले हरेक रनमा एक रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक चौकामा ५ र छक्कामा १० वटा रूख रोपिने छ । ओमोडाको हरेक विकेटमा १० वटा रूख रोप्ने उल्लेख छ ।  

यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपाल भररहेका ओमोडाका खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउने छन्।  

एसपीजी अटो मोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले दिगो भविष्य प्रति ओमोडाको प्रतिबद्धता व्यक्त गरे । उनले भने, 'यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो । यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ । विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तन विरुद्ध लड्न पनि सहयोग गर्दछ । हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्सास प्रदान गर्न मद्दत पुर्याउँछ।'  

प्रकाशित: २४ जेष्ठ २०८१ १८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App