१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

आइसिसी ट्वान्टी २० :दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

आइसिसी ट्वान्टी २० विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ।  

सोमबार राती भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई  ६ विकेटबाट हराएको हो।  

पहिला व्याटिङ गरेको श्रीलंकाले १९ दशमलब १ ओभरमा  जम्मा ७७ रन बनाउँदा सबै विकेट गुमाएको थियाे।

श्रीलंकाका लागि कुसल मेंडिसले १९ , एंजलो मैथ्यूज़ १६ तथा कामिंडु मेंडिस ११ रन बाहेक कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि अनरिख़ नॉर्खिये ४ ओभरमा जम्मा ७ रन खर्चेर ४ विकेट लिए ।त्यसैगरी कगिसो रबाडा र केशव महाराज दुई दुई विकेट हात पारे ।  

जवाफमा दक्षिण अफ्रिकाले  १६ दशमलब २ ओभरमा ४   विकेट गुमाएर ७८ रनको विजयी लक्ष्य पुरा गर्यो ।  

दक्षिण अफ्रिकाका लागि क्विंटन डिकॉकले २० ट्रिस्टन स्टब्स १३ तथा कप्तान एडन मारक्रमले १२ रन बनाए । 

श्रीलंकाका लागि वानिंदु हसरंगा २ विकेट तथा दसून शानका र नुवान तुषाराले एक एक विकेट लिए।

दक्षिण अफ्रिका  श्रीलंकाकै समूहमा रहेको नेपालले मंगलबार राती नेदरल्याण्ड्ससंग खेल्नेछ । 

प्रकाशित: २१ जेष्ठ २०८१ २३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App