१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप अघिको अभ्यास खेलमा विनवार्डसमाथि नेपालको जित

विश्वकप अघि अभ्यास खेलमा रहेको नेपालले विनवार्डस भोलक्यानोजविरुद्धको सिरिजमाथि हात पारेको छ।

तीन खेलको दोस्रो टी–२० अभ्यास खेलमा विनवार्ड्सलाई ४९ रनले हराउँदै नेपालले एक खेल अगावै सिरिजमाथि जित हात पारेको हो। यसअघि पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो। जितसँगै नेपाल ३ खेलको सिरिजमा २-० ले अघि छ।

बिहीवार भएको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो। १ सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा अलआउट हुँदै १३० रन मात्रै बनाउन सक्यो।

नेपालका गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले १/१ विकेट लिए।

अब तेस्रो अभ्यास खेल शनिबार हुनेछ। आईसीसी टी–२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो।

प्रकाशित: ४ जेष्ठ २०८१ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App