१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैनः सांसद गिरी

नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली काँग्रेस र नेकपा(एमाले) का शिर्ष नेताहरुबीच शुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका हुन्।

उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताए। उनले संविधान संशोधनसम्मका लागि कांग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताए।

निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै संविधान संशोधनका लागि अन्य दलहरुसँग पनि छलफल गर्नुपर्ने उनले बताए।

उनले भने, ‘चारैतिर निराशा फैलिएका बेला संसदका दुई ठूला दल नेपाली कांग्रेस तथा नेकपा(एमाले)का शिर्ष नेताहरुबीच शुरु भएको सघन सम्वादले आशाको सञ्चार गरेको छ। लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यि दुई ठूला दलहरुका बीच संवाद र सहकार्य आवश्यक छ। यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ। संविधान संशोधनका लागि अन्य दलहरुसँग पनि छलफल गरिनुपर्छ। लोकतन्त्रका लागि पटक–पटक लडाँइ लडेका दुई ठूला दलहरु बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु।’

प्रकाशित: १७ असार २०८१ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App