१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

वर्षाका कारण खेल रद्द भएसँगै प्ले अफको रेसबाट बाहिरियो गुजरात

साविक उपविजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफबाट बाहिरिएको छ।

सोमवारका लागि तय भएको कोलकोत्ता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको प्ले अफमा पुग्ने सम्भावना पनि सकिएको हो। कोलकोत्ता भने प्ले अफमा यसअघि नै पुगिसकेको छ।

शुभमन गिलको कप्तानीमा रहेको गुजरातका लागि सोमवारको खेल जित्नै पर्ने दबाब थियो। सोमवारको खेलमा जित हात पारेको अवस्थामा उसको प्ले अफमा पुग्ने सम्भावना कायमै रहन्थ्यो। हालसम्म १३ खेल खेलेको गुजरातले ७ मा पराजय व्यहोरेको छ भने ५ खेलमा जित हात पारेको छ।

यता श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ता आईपीएलको प्ले अफमा यसअघि नै पुगिसकेको छ। हालसम्म १३ खेल खेलेको कोलकोत्ताले ९ मा जित हात पारेको छ भने ३ मा पराजित भएको छ। कोलकोत्ता अहिले पनि शिर्ष स्थानमै रहेको छ।

अब ७ खेलबाट प्ले अफको समिकरण पूरा हुनेछ। 

प्रकाशित: १ जेष्ठ २०८१ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App