१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

वर्षाको कहर: कार्यवाहक प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

फाइल तस्बिर

अविरल वर्षापछि देशका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक बोलाएका छन् । 

कार्यवाहक प्रधानमन्त्रीको आह्वानमा शनिबार दिउँसो साढे २ बजेटदेखि  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका मन्त्री, सचिव र सुरक्षा अधिकारीहरूसँग बैठक बसिरहेको छ । 

‘अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग आवश्यक छलफल गर्न बैठक बसिरहेको छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले भन्यो । 

लगातारको वर्षापछिको बाढी, पहिरो र डुबानले हालसम्म ३९ जनाको ज्यान लिइ सकेको छ ।  दर्जनौं बेपत्ता छन् । भौतिक क्षतिको हालसम्म कुनै लेखाजोखासम्म हुन सकेको छैन ।

प्रकाशित: १२ आश्विन २०८१ १५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App