२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विराट गोल्डकप उपाधिका लागि भोलि साङ्ग्रिला मोरङ र मच्छिन्द्र भिड्ने

८ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भोलि अन्तिम खेल हुने भएको छ। उपाधिका लागि घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौंको मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

बिहीवार भएको सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबले जित हात पारेसँगै फाइनलका लागि साङ्ग्रिला मोरङसँगको खेल तय गरेको हो।

सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत राति भएको खेलमा पाहुना टोली भारत सिक्किमको ड्रागन फुटबल क्लबलाई मच्छिन्द्र फुटबल क्लबले १–० गोलले हराएको थियो।

गोल्डकप विजेता टोलीलाई ट्रफीसहित रु ११ लाख र उपविजेतालाई रु पाँच  लाख ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०८० ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App