२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिगमा पञ्जाब किङ्ग्सले गुजरात टाइटन्समाथि रोमाञ्चक जित हात पारेको छ। गयराति सम्पन्न खेलको अन्तिम ओभरमा पञ्जाबले गुजरातलाई ३ विकेटले हराउँदै जित हात पार्‍यो।

अहमदावादस्थित नरेन्द्रमोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको गुजरातले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९९ रन बनायो। २०० रनको लक्ष्यसहित मैदान उत्रेको पञ्जाबले निर्धारित ओभरको १ बल बाँकी छँदै ७ विकेट गुमाएर जित हासिल गर्‍यो।

पञ्जाबको जितका लागि शशाङ्क सिंह हिरो साबित भए। नट आउट रहँदै उनले सर्वाधिक ६१ रनको योगदान गरे भने जोनी बरिस्टोले ३५ र आशुतोष शर्माले ३१ रन जोडे।

गुजरातका लागि नूर अहमदले २ विकेट लिँदा आमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नालखन्डेले समान १÷१ विकेट हात पारे।

त्यसअघि गुजरातका लागि कप्तान शुभमन गिलले ८९ रनको स्कोर बनाए। नट आउट रहँदै उनले बनाएको स्कोर भने गुजरातको जितका लागि काम लागेन। त्यसबाहेक साई सुदर्शनले ३३ रन बनाउँदा केन विलियमसनले २६ रन र राहुल तेवतियाले २३ रन बनाए।

पञ्जाबका लागि कागिसो राबडाले २ विकेट लिँदा हरप्रित ब्रार र हर्सल पटेलले १/१ विकेट लिए। 

जितसँगै पञ्जाब अङ्क तालिकाको पाँचौ स्थानमा उक्लेको छ भने साविक उपविजेता गुजरात छैटौँ स्थानमा झरेको छ।

समान ४/४ खेल खलेको दुबै टोलीले समान २÷२ जित हात पारेको छ। तर, रनरेटको आधारमा अङ्क तालिकामा तलमाथि परेको छ।

प्रकाशित: २३ चैत्र २०८० ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App